नगरप्रमुख शाहद्धारा सेवाग्राहीको सहजताका लागि कम्प्युटर वितरण
सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह जनताको काम सहज होस् भन्दै कम्प्युटर वितरण गर्नु भएको छ । नगरपालिकाको कार्य सम्पादन सहज गर्नका लागि कम्प्युटर वितरण गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।
वडामा हातले लेख्नुपर्ने बध्यात रहेकोले जन चाहाना अनुसार कम्प्युटर वितरण गरेको नगर प्रमुख शाहले न्युज सेन्टर नेपाललाई जानकारी दिनुभयो । सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना प्रणाली सुदृढीकरण अवलम्बन गरि घटना दर्ता अनलाइन गर्न सबै वडालाई कम्प्युटर, प्रिन्टर, इन्टरनेट लगायत समाग्री वितरण गरिएको कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्कीले जानकारी दिनुभयो ।
कम्प्युटरले कार्य सम्पादन सज सहज हुने र सेवाग्राहीको काम छिटो छरितो हुने प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताउनु भयो ।