Connect with us
Kapilvast Forest

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि एपीएफले जित्यो

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

 

काठमाडौं – नेपालगञ्जमा सम्पन्न सातौँ प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले हात पारेको छ।

साविकको विजेता पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको हो । उपाधि जितेसँगै एपीएफले पाँच लाख पुरस्कार पाएको आयोजक बाँके जिल्ला भलिवल सङ्घका अध्यक्ष टीएस ठकुरीले जानकारी दिनु भयो । उहाँका अनुसार, एपीएफ र पुलिस तीनरतीन खेल जित्दै फाइनलमा पुगेका थिए। फाइनलमा एपीएफले पुलिसलाई २५–२२, २५–२१ र २५–१९ ले पराजित ग¥यो । दोस्रो भएको पुलिसले रु दुई लाख हात पारेको छ।

यसैगरी न्यू डायमण्डले लुम्बिनी युनाइटेडलाई २५–१६, २५–११ र २५–१३ कौ सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। तुलनात्मकरुपमा कमजोर रहेको लुम्बिनीविरुद्ध न्यू डायमण्डले दोस्रो रोजाइका खेलाडीलाई उतारेको थियो। न्यू डायमण्डले एक लाख पुरस्कार हात पारेको छ।

प्रतियोगितामा चौथो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार पुरस्कार पाएको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी एपीएफकी सरस्वती चौधरीले २५ हजार पुरस्कार प्राप्त गर्नु भयो ।

प्रतियोगिताका विजयी टीमलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवाल, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवलशमशेर राणा, राखेपका सदस्य सुमित्रा चौधरीलगायतले पुरस्कार वितरण गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu