Connect with us
Kapilvast Forest

जसपाका युवा नेता शाहद्वारा श्रीवस्तावलाई सम्मान

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

कपिलवस्तु-  प्रेस मंच नेपालको उप-महासचिव पदमा मनोनित हुनु भएका कपिलवस्तु टाइम्सका प्रधान सम्पादक अंकुश कुमार श्रीवास्तवलाइ जनता समाजवादी पार्टीका युवा नेता रहिस शाहले सम्मान तथा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँलाइ नेता शाहले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनु भयो ।

उप महासचिव श्रीवास्तवलाई यस क्षेत्रका नागरिकहरुको अवाजलाई बुलन्द गराउन युवा नेता शाहले अग्राह गर्नु भयो । कपिलवस्तुको नागरिकहरुको अवाजलाई केन्द्रसम्म पुर्याउन श्रीवस्तालले महत्वपुर्ण कदम चाल्नु पर्ने जसपा नेता शाहले बताउनु भयो ।  सम्मान कार्यक्रममा जनता समाजवादी पार्टीका शिवराज नगर अध्यक्ष कृष्ण कुमार चौधरी, शिव पुुजन यादव लगायतका नेताहरुले श्रीवस्तावलाई सम्मान गरेका  थिए ।

प्रेस नेपाल र प्रेस मञ्च नेपालको विधान सर्वसम्मतले पारित भएपछिको केन्द्रीय पदाधिकारी तथा जसपा पार्टीका शिर्ष नेताहरुको उपस्थितिमा केन्द्रीय समितिको मनोनयन गरिएको छ ।

हाल प्रेस मञ्च नेपाल नाम परिवर्तन भई केन्द्रीय समिति गठन गरिएको छ । केन्द्रीय कमिटिमा उपमहासचिवमा कपिलवस्तु टाइम्सका प्रकाशक सम्पादक अंकुश कुमार श्रीवास्तवलाई मनोनित गरिएपछि जिल्लाका जसपा नेता तथा कार्यकर्ताले शुभकामना व्यक्त गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu