Connect with us
Kapilvast Forest

मेची रङ्गशालामा आजदेखि मेयर कप नकआउट फूटबल प्रतियोगिता

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

झापा – भद्रपुरस्थित मेची रङ्गशालामा प्रथम मेयर कप वडास्तरीय नकआउट फूटबल प्रतियोगिता हुने भएको छ।महाशिवरात्रिको अवसरमा बिहीबारदेखि चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जानकारी दिएको छ।

भद्रपुर नगरपालिका कार्यालयको आर्थिक सहयोगमा नगर खेलकुद विकास समितिले पहिलो पटक प्रथम मेयर कप वडा स्तरीय नकआउट फूटबल प्रतियोगिता गर्न लागेका हुन्‌।

​‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियानु भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गर्न लागेको समितिका संयोजक श्यामकुमार राउतले जानकारी दिनु भयो ।

लोकप्रिय फूटबल खेललाई अघि बढाउँदै खेलाडीहरूको पहिचान गरी राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्य रहेको बताउँदै उनले भने, ‘वडा स्तरबाट छानिएका उत्कृष्ट खेलाडीलाई समावेश गरी नगर स्तरीय टिम गठन गर्ने योजना पनि हो।’

प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार र उपविजेता टिमलाई नगद २० हजारसहित ट्रफि प्रदान गरिने समितिका सदस्य राजन भट्टराईले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu