जसपा सरकारमा जाने कुनै निर्णय भएको छैनः अध्यक्ष यादव
सनिउल्ला धोबी-
कपिलवस्तु- जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक कुमार यादवले सरकारमा जाने कुनै निर्णय नभएको बताउनु भएको छ । केही सञ्चार माध्यममा जसपा लुम्बिनी प्रदेश सरकारमा जाने भन्ने किसिमका भ्रमक समाचार सम्प्रेषण भएकोले यस्तो अफवाहको पछाडी नलाग्न लुम्बिनी प्रदेश अध्यक्ष यादवले जानकारी दिनुभयो ।
पार्टीको आधिकारिक निर्णय विपरीत गलत समाचार सम्प्रेषण गराउने नेता कार्यकर्तालाई पार्टिको अनुशासन अनुसार चल्न र अफवाहको पछाडी नलाग्न यादवले आग्रह गर्नभयो । जसपा केन्द्र र प्रदेशमा सरकारमा जाने कुनै किसिमको आधिकारीक निर्णय नभएको भन्दै अध्यक्ष यादवले बताउनु भयो । उहाले भन्नुभयो “हाम्रो पाटीको केन्द्रिय र प्रदेश स्तरमा सरकारमा जाने केही कुरा नै भएको छैन तर मिडियामा यस्तो कु प्रचार गरियो यो सत्य होइन ।”
जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनी प्रदेशलाई तत्काल समर्थन नगर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमको अधिकांश सांसदले विरोध गरेकोले यस अवस्थामा ओलीलाई सहयोग गर्नु आत्मघाती हुने निष्कर्षमा पुगेको जसापाले जनाएको छ ।
ओलीलाई समर्थन गरेर सरकार बनाएमा मधेशमा त्यसको विरोध हुने भएकाले सहकार्य नगर्ने जनाएको छ । अन्दोलनका क्रममा जसपाका पक्राउ परेका नेता कार्यकर्तालाई रिहाई गर्न कार्य दल गठन भएको अध्यक्ष यादवले जानकारी दिनुभयो । कार्यकर्तालाई सरकार पक्षबाट विभिन्न किसिमका झुठा मुद्धा लगाएर फसाइएको भन्दै विना सर्त रिहाईको लागि पहल कार्य जारी रहेको लुम्बिनी प्रदेश अध्यक्ष यादवले बताउनु भयो ।