Connect with us
Kapilvast Forest

मेयर्स कप क्रिकेट : उपाधिका लागि आज दुई विभागीय टिम भिड्दै

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं-काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आज दुई विभागीय टिम एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान पौने ९ बजे सुरु हुनेछ।

पहिलो संस्करणको फाइनलमा मैदान उत्रिँदा एपिएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ। एपिएफका कप्तान शरद भेषावकर र पुलिसका कप्तान मञ्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त छन्। फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताएका थिए।

एपिएफ चार खेलमा तीन जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो। पुलिस भने एपिएफविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि उचाल्न चाहन्छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टिमले तीन लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट ब्याट्सम्यान र बलरले २५÷२५ हजार रुपैयाँ पाउने छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu