थप ६० जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु
काठमाडौं-नेपालमा थप ६० जनामा कोरोना भाइरस संक्रमण पुषि्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार तीन सय ६२ जनामा गरीएको परीक्षणका क्रममा ६० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुषि्ट भएको संख्या दुई लाख ७५ हजार एक सय ७८ जना पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाकै कारण दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म तीन हजार १४ जनाले कोरोना भाइरस संक्रमणले गर्दा ज्यान गुमाएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना भाइरस संंक्रमण जितेका छन् । हालसम्म कोरोना भाइरस जित्नेको संख्या दुई लाख ७१ हजार दुई सय ४९ जना पुगेका छन् ।