Connect with us
Kapilvast Forest

सुरक्षाकर्मीको गोलीबाट म्यानमारमा १२ जनाको मृत्यु

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- म्यानमारको सैन्य शासक झन क्रुर बन्दै गएको छ। सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्।

सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्।

केही हप्ता अघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको छ।

गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शिर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

यसैबीच म्यानमारमा सैन्य ‘कु’को विरोध गर्ने नागरिकलाई अमेरिकाले आश्रय दिने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले पीडित नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने बताएका हुन्।

यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेलाई लागू हुने पनि अमेरिकाले जनाएको छ। सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले विरोध गर्दै आएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu