Connect with us
Kapilvast Forest

गोइत समूहले लियो लहान विष्फोटको जिम्मेवारी

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

 

सिरहा – जिल्ला मालपोत कार्यालय सिरहामा आज (आइतवार) भएको बम विष्फोटकाे जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको छ ।

मोर्चाका केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले मालपोत कार्यालयमा भ्रष्टाचार भइरहेकाले बम विष्फोट गर्नुपरेकाे बताएका छन् ।

मोर्चाले आइतवार साँझ निकालेको विज्ञप्ति अनुसार भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको तथा मालपोत कार्यालयमा भ्रष्टाचार गरेर अपराध गरेकाले बम विष्फोट गर्नुपरेको बताइएको छ ।मालपोत कार्यालयमा भ्रष्टाचार जारी रहे योभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनी पनि विज्ञप्तिमार्फत् दिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu