Connect with us
Kapilvast Forest

हनुमन्ते खोला किनारका पक्की संरचनामा डोजर चल्यो

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – सूर्यविनायक नगरपालिकातर्फ रहेको हनुमन्ते खोला किनारामा बनेका अस्थायी तथा पक्की संरचना डोजर लगाएर भत्काएको छ।

हनुमन्ते खोला करिडोर निर्माणमा अवरोध पुगेको र करिडोरको मापदण्डभित्र पर्ने संरचना भत्काउन सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरी परिचालन गरी आइतबार त्यहाँका भौतिक संरचना डोजर लगाएर हटाउन शुरु गरिएको हो।

नुमन्ते करिडोर निर्माणका लागि भन्दै साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिज र नेपाल पेन्ट इन्डष्ट्रिज प्रालिको उद्योगको पर्खाललगायत भौतिक संरचना डोजर लगाएर हटाएको छ। सूर्यविनायक नगरपालिकाले सात दिनभित्र उक्त स्थानबाट उद्योग हटाउन परिपत्र गरेको भए पनि ४० वर्ष पुरानो उद्योगको संरचना सात दिनभित्र हटाउन नसकिने भएको अवस्थामा थप जानकारी नै नगराई अचानक डोजर चलाएर संरचना भत्काएर लाखौँको क्षति पु¥याएको साख मेटल एन्ड ऐलाइड इन्डष्ट्रिजले जानकारी दिएको छ।

अदालतमा मुद्दा चलेर विचाराधीन अवस्थामा रहेको बेलामा संरचना भत्काउनु खेदजन्य भएको नेपाली कांग्रेसका नेता निशान ढुङ्गेलले बताए। विगतमा भएको सहमति र सूर्यविनाक र मध्यपुरथिमि नगरपालिका एवं उपभोक्ता समितिबीच भएको सहमति कार्यान्वयन गरेर मात्रै करिडोर निर्माण गर्न माग गरे पनि प्रहरी प्रशासनको प्रयोग गर्दै जबर्जस्ती संरचना हटाएकोे हनुमन्ते खोला करिडोर पीडित सङ्घर्ष समितिका संयोजक ओम श्रेष्ठले बताउनु भयो ।

स्थानीय जग्गाधनीले सहमतिअनुसार ल्यान्ड पुलिङ गरेर जग्गा फिर्ता दिनुपर्ने वा जग्गाधनीलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu