Connect with us
Kapilvast Forest

घाँटीमा पासो लगाइएकी महिलाको शव फेला

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

death

 

धनगढी- धनगढीमा एक महिला घाँटीमा पासो लगाइएको अवस्थामा मृत भेटिएकी छन्।कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएकी कमला रोकाया मृत भेटिएकी हुन्। ती महिला धनगढीस्थित विशालनगरको सौराई होटलमा श्रीमान् सँगै बसेकी थिइन्‌।

​भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ वर्षकी रोकाया मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ। उनी जग्गा खरिद गर्न धनगढी पुगेको बुझिएको छ।

उनी श्रीमान् सुजन रोकायासँग चैत १ गतेदेखि होटलमा बस्दै आएकी थिइन। सुजन भने फागुन २७ गते बाट नै होटलमा बसेका थिए। हिजो राति करिब १० बजे दुवै जना बाहिरबाट होटलमा पुगेका थिए।

मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ। राती करिब १ बजे श्रीमतीको मृत्यु भएको भन्दै उनले होटलको गेटमा पुगेर सुरक्षागार्डलाई खबर गरेका थिए।

केही छिनपछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरेपनि उनले प्रहरीमा खबर गर्न आग्रह गरेपछि प्रहरी बोलाइएको थियो। कमलाको घाँटीमा पासो लागेको छ।

मृतकका १ छोरा र १ छोरी छन्। दुवै सन्तानलाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन। प्रहरीले घटना शङ्कास्पद भनेको छ।

कमलाको शव अहिले पोस्टमार्टमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ। दुवै जनाबीच विगतदेखि नै सम्बन्ध राम्रो नभएको माइती पक्षले बताएका छन्।प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu