नेपाली सेनाको मुख्यालयमा आगलागी
काठमाडौं-नेपाली सेनाको मुख्यालय भद्रकालीको भवनमा आगलागी भएको छ । बुधबार दिउँसो आर्मी अफिसर क्लब छेउमा रहेको प्रधान सेनापतिको पूरानो कार्यालयको दोस्रो तलामा आगलागी भएको हो ।
आगो नियन्त्रणका लागि दमकलको परिचालन गरेको छ । अहिले आगो पूर्णरुपमा नियन्त्रणमा आएको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ । आगलागी के कसरी लाग्यो र कति क्षेती भयो भन्ने अझै खुलेको छैन ।