Connect with us
Kapilvast Forest

नेपाल(भारतबीच यातायात सञ्चालन गर्न सीसीएमसीको सिफारिस

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल–भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीच यातायात सञ्चालन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । नेपाल र भारतका १३ वटा रुटबाट पूर्ववत रुपमा यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले जानकारी दिनु भयो ।
तर यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उहाँले बताउनु भयो ।

यसैगरी बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत वर्षको चैत ११ गतेदेखि नेपालमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएपछि नेपाल र भारतबीच यातायात सञ्चालन बन्द गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu