Connect with us
Kapilvast Forest

३ हजार २ सय परीक्षण गर्दा थपिए १ सय ७ जना कोरोना संक्रमित

२०७७, ५ चैत्र बिहीबारमा प्रकाशित

corona

काठमाडौं -पछिल्लो २४ घन्टामा देशभर १ सय ७ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्।३ हजार २ सय ५४ जनाको पिसिआर परिक्षण गर्दा १ सय ७ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

विवरणअनुसार यही समयमा १ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। यस्तै आज ६० जनाले कोरोनालाई जितेका छन्।हाल देशभर ५२ जना क्वारेन्टाइनमा र एक जना आइसोलेसनमा छन्।