Connect with us
Kapilvast Forest

प्रतिनिधिसभाको धेरै बैठकमा अनुपस्थित हुने ११ सांसद

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रतिनिधिसभाको धेरै बैठकमा सहभागी नहुने सांसदहरुको नाम संसदमा सार्वजनिक गरिएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाउनु भयो ।

जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्रकुमार २५ वटा बैठकमा अनुपस्थित हुनु भएको छ । उहाँले संसदमा उपस्थित हुन नसक्नुको कारण अस्वस्थ भएको उल्लेख गर्नु भउको छ । त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित हुनु भएको थियो । अस्वस्थ भएर संसद बैठक आउन नसकेका उहाँको निधन भइसकेको छ ।

नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थितहुनु भएको छ उहाँले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गर्नु भउको छ । १७ बैठकमा अनुपस्थित भएकी सांसद कलिला खातुनले इद मनाउन विदा लिएको उल्लेख गर्नु भएको छ ।

त्यस्तै नेकपा एमालेकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित हुनु भएको छ । उहाँहरु अस्वस्थ भएको कारण उल्लेख गर्नु भएको छ । सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित हुनु भएको छ ।

सांसद दासले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि जिल्ला गएको, ठगुन्नाले घरायसी काम, लिम्बुले विदेशमा औषधी उपचार, रुही नाजले रमजान पर्व मनाउन विदा लिएको उल्लेख गर्नु भएको छ । सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन् र उनले आफू घरायसी कामले आउन नसकेको बताउनु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu