गुटको प्रस्ताव भन्दै नेपाल समूहको ज्ञापनपत्र ओलीद्वारा अस्वीकार
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुग्नु भएको छ ।सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुग्नु भएको हो ।
तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गर्नु भयो ।
‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नु भयो । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित जनाउनु भएको थियो ।