Connect with us
Kapilvast Forest

बालअधिकारसम्बन्धी १० वर्षे रणनीति बनाउन राष्ट्रिय कार्यशाला

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौं -बालबालिका सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीतिक कार्ययोजना तथा नीति तयार गर्ने उद्देश्यले काठमाडौंमा राष्ट्रिय कार्यशाला शुरु भएको छ । शनिबार महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले कार्यशालाको उद्घाटन गर्नु भएको हो ।

बालअधिकारको विषयमा काम गर्दै आएको संस्था कन्सोर्टियम नेपालले आयोजना गरेको उक्त कार्यशालाले १० वर्षे रणानीतिक कार्ययोजना तयार पार्नेछ ।
कार्यशाला उद्घाटन कार्यक्रममा एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई सम्मान समेत गरिएको छ । अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जित्न सफल भएको भन्दै कन्सोर्टियम नेपालले खातुनलाई सम्मान गरेको हो ।

 

कार्यक्रममा बोल्दै मन्त्री महतोले बालअधिकारका विषयमा सरकार सधैं सकारात्मक रहेको बताउनु भयो । कार्यशालाबाट आएका बालबालिकाका सुझावहरुलाई सरकारले नीति निर्माणमा समेट्ने उहाँको भनाइ थियो । आइतबारसम्म चल्ने कार्यशालामा सातै प्रदेशका ३ दर्जनभन्दा बढी प्रतिनिधि सहभागी रहेको संस्थाका महासचिव सन्तोष महर्जनले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu