Connect with us
Kapilvast Forest

स्वर्गीय कोइरालाको ११ औ स्मृति दिवस कपिलवस्तुमा मनाइयो

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-
युग पुरुष पुर्व प्रधानमन्त्री एवं नेपाली कागे्रंसका नेता स्वर्गिय गिरिजा प्रसाद कोइरालाको ११ औ स्मृति दिवस कपिलवस्तुमा पनि मनाइएको छ । सहमति ,सहकार्य र एकता आजको आवश्यकता भन्ने विचरा गोष्ठी नेपाली कागे्रंसको जिल्ला कार्यालय तौलिहवामा कार्यक्रम राखी गिरिजा प्रसाद कोइरला फाउण्डेसनले मनाएको हो ।

कार्यक्रममा वोल्दै पुर्व मन्त्री एवं नेपाली कागे्रंसका पार्टी सभापति सुरेन्द्रराज आर्चायले कोइरलालले नेपाली राजनितिमा शान्ति र सहकार्य गरि सशस्त्र दन्द्धमा रहेको तत्तकालिन माओवादीलाई वार्ता मार्फत शान्ति प्रकृयामा ल्याई नेपालललाई शान्ति प्रकृयामा ल्याएको कुरा सबैले स्मरण गरेको बताए ।

साथै राजा हटाउन र लोकतात्रिक गणतन्त्र स्थापनामा गर्न कोइरालाको नै योगदान भएको चर्चा गरे । कार्य्रममा पुर्व मन्त्री एवं राजदुत दिपकुमार उपाध्यायले विश्वले मानेका नेता गिरिजा वावुका कार्यकर्ताहरुले कोइरालाको योगदानलाई आत्मासाथ गरि सहकार्य र एकता मार्फत समुन्नत नेपनल निमार्णमा लाग्नु पर्ने बताए । साथै देशको वर्तमान अवस्थाको समस्या एक आपसमा छलफल र संवाद मार्फत समस्या समाधान गरि विकासमा दलहरु लाग्नु पर्ने वेला आएको समेत उपाध्यायले बताए ।

कार्यक्रममा कागे्रंसका आमन्त्रित केन्द्रिय सदस्य राजेश सिंह, पुर्व मन्त्री कमलेश कुमार शर्मा, पुर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय, जिल्ला उपाध्यक्ष अब्दुल कलाम,जिल्ला सचिव प्रेम बहादुर रायमाझि,कोषाध्यक्ष शोहरत तेली, प्रदश सभा सदस्य रिना नेपाल ,माला गोतामे,जिल्ला सदस्य विरेन्द्र मिश्रा, क्षेत्रिय सभापति अब्दुल मन्नान खां, तरण दल अध्यक्ष शक्ति सिंह ठकुरी, जिल्ला समन्यव समितिका उप प्रमुख तारावती चौधरीलगायतले कोइरालाको जिवनी र शान्ति सहकार्य र एकताको बारेमा वोलेका थिए । गिरिजा प्रसाद कोइरला फाउण्डेसनका जिल्ला संयोजक माधव पराजुलीको अध्यक्षता सिता न्यौपानेको संचालन र वजिह अरसदको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu