Connect with us
Kapilvast Forest

राष्ट्र, राष्ट्रियताकाे विषयमा दह्राे भएर उभिन सक्ने नेतृत्व चाहिएकाे छ:ऊर्जा मन्त्री रायमाझी

२०७७, ८ चैत्र आईतवारमा प्रकाशित

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति सङ्घर्ष गरिरहेकाे बताउनुभएको छ । आइतबार अखिल नेपाल किसान महासङ्घ राष्ट्रिय समितिको विस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले देशमा शान्ति र स्थिरता स्थापनाका लागि सही नेतृत्वको आवश्यकताका सङ्घर्ष गरिरहेकाे बताउनुभएको हो ।

आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रूपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रित भइरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हिजो हामीहरू राजनीतिक व्यवस्था उल्ट्याउनका लागि सङ्घर्ष गर्‍याैँ भने आज शान्ति र स्थिरताका लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी सङ्घर्ष गरिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक सङ्घर्ष अहिले चलिरहेको छ । तर यो सङ्घर्ष नगर्नुपर्ने हो यतिबेला । तर पनि हिजोको सङ्घर्षकाे क्षेत्रबाट आएका अवशेषहरू, ती धङधङीहरू अहिले पनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्त्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ, त्यसका लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरूको गुलाम, अरूको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’

मन्त्री रायमाझीले नेपालको कृषिलाई सामूहिक रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । कृषिलाई व्यक्तिवादी र निर्वाहमुखी चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकीकरण र व्यवसायीकरणमा लैजानुपर्ने उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu