नेकपा एमालेको शितगंगा ५ मा वडा कार्यलय स्थापना
अर्घाखाँची-नेकपा एमाले शितगंगा नगरकमिटीले वडा नम्बर ५ को पाटी कार्यलय स्थापना गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै नगर कमिटी तथा जिल्ला कमिटीका नेताहरुको उपस्थितमा कार्यलय स्थापना भएको हो । कार्यक्रममा बोल्दै नेकपा एमालेका नगर अध्यक्ष बशन्त श्रेष्ठले केप ओलीको नेत्तृत्वमा भएका काम इतिहासकै सफल काम भएको बताउनु भयो ।
बिदेशीभुमी र्फिता , देशै भर सयौ अस्पताल निमार्ण जस्ता कार्यले जनताको मन जितेकोले पाटी भित्रकै नेताले ओलीको लोकपृयताले गर्दा बिरोधमा उत्रएर असफल पार्न लागि परेको आरोप लगाउनु भयो ।
यस्तै नेकपा एमालेका नेता ओपी पाण्डेले माओबादी केन्दमा रहेर राजतन्त्र अन्तय गर्न सफल भएको बताउदै अहिलेको माओबादी नेत्तृत्वबाट आर्थिक समृद्धि र जनताको हितमा काम हुन नसक्ने भएकोले पाटी एकताकै मर्ममा रहेर कम्युनिष्ट आन्दोलन सफल पार्न अब नेकपा एमालेमा रहेर जनताको लागि काम गर्न सबै कम्युनिष्ट एक भएको बताउनु भयो ।
यस्तै नेकपा एमालेका नेता काशी आचार्यले बिगतमा नेकपा एमालेले शितगंगामा सातवटै साबिक गाबिसमा सहजै जित गरेको स्मरण गदै अब झनै बलियो बनेकोले सबै कार्यक्रताहरुलाइ बिचल्लीत नहुन आग्रह गर्नु भयो । कार्यक्रममा नेकपा एमालेका नेता चन्द्र पौडेल तिलक भाट, ऋषि घिमिरे,ऋषि रेस्मी, टोप बहादुर जिसी लगायत वडा नम्बर ५ का बिभिन्न नेता कार्यक्रताको उपस्थििती रहेको थियो ।