Connect with us
Kapilvast Forest

दिलेन्द्र जोशीको “झुम्का हरायो” तिज गित बजारमा (भिडियो)

२०७६, १९ असार बिहीबारमा प्रकाशित

बिक्रम कोईराला ,नवलपुर ।।

दार्चुला जिल्ला रिठाचौपाता मैखोलीमा जन्म भई हाल जापानको फ़ुकुओकामा बस्दै गीत संगीतलाई निरन्तरता दिदै आईरहेका युवा गायक दिलेन्द्र जोशीले “झुम्का हरायो” बोलको तिज गित बजारमा ल्याएका छन ।

परदेशमा रहेर पनि नेपाली लोक दोहोरी र देउडा गायकका रुपमा आफ्नो परिचय बनाएका जोशीले नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा देउडा गितका मौलिक शब्द राखी “झुम्का हरायो” तिज गित बजारमा ल्याएका हुन ।

सुभाराम्भ डिजिटल म्युजिक प्रा .लिको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा दिलेन्द्र जोशि र सम्झना भन्डारीको सुमधुर आवाज रहेको छ। चर्चित मोडल शंकर बिसि र आरुसि मगरको अभिनय रहेको गीतको भिडियो लाई शंकर बिसीको उत्कृष्ट निर्देशनमा तयार पारिएको छ ।

भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । हेरौं देउडा तिज गित”झुम्का हरायो”:

https://youtu.be/AGtx0wEJuWM

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj