Connect with us
Kapilvast Forest

अपांगत भएका ४० जनालाई सहायक सामाग्री

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

कपिलवस्तु -कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ बुढ्ढीमा अपांगतत भएका ४० जनालाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ । नगरपालिका र अपांगता पुर्नस्थापना ससाजको सहयोगमा कपिलवस्तु नेत्रहीन संघको अगुवाईमा हुईल चियर, ट्राईसकाईल र सेतो छडी बाडिएको हो । मेयर केशव कुमार श्रेष्ठ, वडा नम्बर ४ का वडाध्यक्ष पवन कुमार चौधरीले शारीरिक अपांगतत भएका ब्यक्ति १० जनालाई हुईल चियर ५ जनालाई ट्राईसाईकल र २५ जना दृष्टीबिहीनलाई सेतो छडी हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा मेयर श्रेष्ठले अपांगतत भएका ब्यक्तिहरुलाई यो सामाग्रीहरुले केही भए पनि सहजता मिल्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाम्ले अपांगता भएका ब्यक्तिहरुलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनु भयो । सामाग्री नपाएका ब्यक्तिहरुलाई नगरपालिकाले चाडै नै सामाग्री प्रदान गर्ने उहाँले बताउनु भयो । सामाग्री पाएका अपांगता भएका ब्यक्तिहरु खुशी भएका थिए ।

नेत्रहीन संघ कपिलवस्तुको अध्यक्ष गोपाल प्रसाद भुसालले अपांगत भएका ब्यक्तिहरु कसैको नजारमा नपर्ने भएकाले उनीहरुलाई सबैले प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो ।

उहाँले अपांगता भएका ब्यक्तिहरुको नेतृत्व विकास र आयआर्जनमा समेत ठोस सहयोग गर्न उनले आग्रह गर्नु भयो । संघका अध्यक्ष भुसालको अध्यक्षता, रोमलाल खनालको संचालनमा भएको कार्यक्रममा मेयर श्रेष्ठ, वडा अध्यक्ष चौधरी, अपांगता पुर्नसथापना केन्द्रका सुगम भट्टराई, बल बहादुर सेन, गीता अर्याल लगायले मन्तब्य दिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu