Connect with us
Kapilvast Forest

रुपन्देहीमा वडाध्यक्षद्धारा पालिकाका सवओभरसियर कुटिए

२०७७, ९ चैत्र सोमबारमा प्रकाशित

बुटवल -रुपन्देहीको मर्चवारी गाउपालिका वडा नं ३ का अध्यक्षले पालिकामा कार्यरत सवओभरसियरलाई कुटेपछि सोमवार दिनभर पालिकाको कामकाज ठप्प रह्यो । मर्चवारी गाउपालिका वडा नं ३ का अध्यक्ष नारायण बहादुर यादवले सोही पालिकाको प्राविधीक साखामा कार्यरत सव ओभरसियर प्रेमसागर पासवानलाई कार्यालयमै कुटपिट गरेका थिए ।

वडा अध्यक्ष यादवले अनाधिकृत ढंगले कामगर्न दवाव दिएको र सवओभरसियर पासवानले नमानेपछि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन । वडा अध्यक्षले सडकको कालोपत्रै गर्दा ७ सेन्टिमिटर गरेर १५ सेन्टिमिटर काम गरेको भनेर प्रमाणि गर्न दवाव दिनु भएको थियो मैले हुदैन भने त्यसपछि ममाथी आक्रमण भयो पिडित पासवानले भने ।

वडाको रायपुर भन्ने स्थानमा रहेको नहर देखि पश्चिम जाने १३ सय मिटर सडक गाउपालिकाको करिव एक करोडको लागतमा उपभोक्ता समिती मार्फत कालोपत्रे गरिएको थियो । तर उपभोक्ता समितीको नाममा कागजी प्रक्रिया पुर्याएर वडा अध्यक्ष आफैले उक्त सडक कालोपत्रेको काम गरेको स्थानियले बताएका छन ।

कार्यालयमै वडा अध्यक्षले कुटपिट गरेपछि सोमवार दिनभर मर्चवारी गाउपालिकाको कामकाज ठप्प भएको थियो भने सहकर्मीमाथी हातपात भएको भन्दै सम्पुर्ण कर्मचारी जिल्ला प्रशासन कार्यालय धर्ना दिन पुगेका थिए ।
वडा अध्यक्षले कुटपिट गरेको बिरुद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका तथा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष तथा आधिकारीक ट्रेड युनियनका प्रतिनिधीहरुलाई रुपन्देही प्रहरीले जाहरी नलिई फिर्ता गरेको संगठनका अध्यक्ष केशवराज भटराईले बताए ।

जनप्रतिनिधीहरुको ज्यादती छ हामी असुरक्षीत भयौं निवेदन लिएर जादा समेत प्रहरीले सुनेन यसरी काम गर्न सकिदैन भटराईले भने । स्थानिय तहका जनप्रतिनिधीहरु भ्रष्टाचारमा लिप्त छन कर्मचारीलाई फसाउने मात्र काम भएको छ । उनीहरुले भनेको गलत काम गर्न नमाने ज्यान जाने अवस्था आयो उनले थपे ।

उक्त गाउपालिकाका अध्यक्ष केशवनन्द बानियाले गैर कानूनी काम गर्न नमानेकोले ज्यान मार्ने धम्की दिएको भन्दै यसअघि पनि पालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृतले ज्यु ज्यानको सुरक्षा पाउ भन्दै निवेदन दिएका थिए ।

तर उक्त बिषयमा कुनै सुनुवाई नभएको कर्मचारीहरुको गुनासो छ । उक्त पालिकामा गत बर्षका लकडाउनका बेला क्वारेन्टाईन सञ्चालनमा ब्यापक अनियमितता भएको समाचार सार्वजनिक भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu