Connect with us
Kapilvast Forest

२०७८ मा ६ दिन थपियो सार्वजनिक बिदा, जनै पूर्णिमादेखि प्रजातन्त्र दिवससम्म, अरु कहिले ?

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – २०७८ सालमा ५ दिन बिदा थप भएको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७८ सालको बैशाखदेखि चैतसम्म हुने सार्वजनिक बिदाहरुको सूची बनाएको हो । उक्त सूची अनुसार रक्षाबन्धन, घटस्थापना, छठपर्व, माघे संक्रान्ति, गणतन्त्र दिवस र प्रजातन्त्र दिवसको बिदा थप भएको हो ।

उक्त सूचीअनुसार वर्षभरीमा ५२ वटा शनिबार सार्वजनिक बिदा हुनेछ । त्यस्तै, नयाँ वर्ष (वैशाख १), मजदुर दिवस (बैशाख १८), बुद्ध जयन्ती (जेठ १२), गणतन्त्र दिवस (जेठ १५ गते) संविधान दिवस (असोज ३), रक्षाबन्धन (भदौ ६ गते), घटस्थापना (असोज २१ गते), दशैं बिदा (असोज २६ देखि ३०), तिहार बिदा (कात्तिक १८ देखि २१), छठपर्व (कात्तिक २४ गते) हुनेछ ।

त्यस्तै, र प्रजातन्त्र दिवस (फागुन ७ गते) शिवरात्री (फागुन १७ गते) महिला दिवस (फागुन २४ गते), तथा फागुपूर्णिमा (चैत ३ गते पहाडी ५६ जिल्ला र ४ गते तराईका २१ जिल्लामा) बिदा हुनेछ । यसो गर्दा बिदा कुल ६७ दिन हुन जाने भए पनि संविधान दिवस, दशैं र तिहारमा १र१ दिन शनिबार पर्ने भएकोले कुल बिदा ६४ दिनमा सीमित हुन लागेको हो ।

यसबाहेक, काठमाडौं उपत्यकामा गाईजात्रा (भदौ ७ गते), इन्द्रजात्रा (असोज ३ गते), घोडेजात्रा (चैत १८ गते) र मछिन्द्रनाथको भोटो देखाउन जात्राका दिन बिदा हुनेछ । हरितालिका तिजमा भदौ २४ गते महिलालाई बिदा दिइनेछ ।

त्यस्तै, उभौली पर्व (जेठ १२ गते), गौरा पर्व (भदौ १४ गते), इदुल फित्र, इदुल अजाह, क्रिसमस डे (पुस १० गते), तमु ल्होसार (पुस १५ गते), सोनाम ल्होसार (माघ १९ गते), ग्याल्पो ल्होसार (फागुन १९ गते) सिरुवा पवनी पर्व तथा धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित जाती, क्षेत्र वा जिल्लामा बिदा दिने व्यवस्था गरिएको छ ।

जितिया पर्व (असोज १३ गते) पनि जितिया पर्व मनाउने महिला कर्मचारीलाई बिदा दिइनेछ ।त्यस्तै, वसन्त पञ्चमीमा माघ २३ गते शिक्षण संस्थाहरु बिदा हुनेछन् । अन्तर्राष्ट्रिय अपांग दिवसमा मंसिर १८ मा अपांगता भएका कर्मचारीका लागि बिदा दिइनेछ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्ती कात्तिक २५ गते र गुरु नानकको जन्म जयन्तीका दिन मंसिर १५ गते पनि सम्बन्धित धर्मका कर्मचारीलाई बिदा दिइनेछ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस (जेठ २१ गते), निजामति सेवा दिवस (भदौ २२ गते), राष्ट्रिय एकता दिवस (पुस २७ गते), शहीद दिवस (माघ १६ गते) लाई राष्ट्रिय दिवसको रुपमा मनाइने भए पनि सार्वजनिक बिदा भने दिइने छैन ।

सरकारका कुटनीतिक नियोगहरुलाई सम्बन्धित देशको बिदा अनुसार बढीमा १८ दिन अतिरिक्त बिदा आफैंले व्यवस्थापन गर्नसक्ने जनाइएको छ ।

कार्यालय समय भने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १० बजेदेखि ४ बजेसम्म र अन्य समयमा १० बजेदखि ५ बजेसम्म हुनेछ । शुक्रबार आधा दिन ३ बजेसम्ममात्रै कार्यालय खुल्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu