विश्वभरी साढे १२ करोडभन्दा बढी संक्रमित, २४ घण्टामा धेरै संक्रमित देखिनेमा भारत तेस्रो
एजेन्सी –गत वर्षदेखि मार्च २६ सम्म आउँदा विश्वभरी १२ करोड ६० लाखभन्दा बढी मानिस कोभिड १९ कोरोना भाइरसबाट संक्रमित भएका छन् । २७ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने १० करोडभन्दा बढी मानिस निको भएका छन् ।
वल्डोमिटरका अनुसार साढे ५ लाखभन्दा बढी मानिसको मृत्यु अमेरिकामा भएको छ । त्यस्तै ब्राजिलमा तीन लाखभन्दा बढी भारतमा १ लाख ६० हजार जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै अमेरिकामा १ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन भन ब्राजिलमा २ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । विश्वमा २४ घण्टामा सबैभन्दा संक्रमित भेटिने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । २४ घण्टामा विश्वभरी ९ हजार ९० जना नयाँ संक्रमित फेला परेका छन् ।