Connect with us
Kapilvast Forest

होलीमा भिडभाड नगर्न आग्रह

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

kapilvastu-

कपिलवस्तु-जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले  आउन लागेको फागु पूर्णिमा(होली) पर्वमा भिडभाड नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्दै गएको अवस्थामा जिल्लामा संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि होली पर्वमा भिडभाड नगर्न तथा स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला प्रशासन कपिलवस्तुले सूचना जारी गर्दै बिज्ञप्तिमार्फत भिडभाड नगर्न आग्रह गरेको छ

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विहिबार साँझ सूचना जारी गर्दै केही दिनयता कोरोना संक्रमण बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको हो । भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै सूचनामा सार्वजनिक स्थानमा भीडभाड नगर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरिएको छ ।

‘भारतमा कोरोना संक्रमण बढ्दै गएको र खुल्ला सीमाबाट सर्वसाधरणहरुको आवतजावत बढी देखिएकोले स्वास्थ्य मन्त्रालयबाट जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै संक्रमण बढ्न नदिन स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुहुन अनुरोध छ’, प्रशासनबाट जारी सूचनामा उल्लेख छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu