Connect with us
Kapilvast Forest

रेशम चौधरी रिहा हुने नेम्वाङको दावी

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले टीकापुर हत्याकाण्डमा दोषी प्रमाणित भएका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरी जेलबाट रिहा हुने दावी गर्नु भएको छ ।

ईमेज च्यानलसँग कुरा गदै नेता नेम्वाङले कानुनी रुपमै चौधरीको रिहाइ हुने दावी समेत गर्नु भएको हो ।सरकार निर्माणका लागि सबै दलसँग छलफल भइरहेपनि जसपाका मागका बारेमा छलफल भइरहेको र सकारात्मक छलफल भइरहेको उपनेता नेम्वाङले बताउनुभयो । सरकार निर्माणमा विषयमा भने कांग्रेस लगायत अन्य दलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

सरकार धरमराई रहेको अवस्थामा नरहेको दावी गदै नेम्वाङले भन्नुभयो ‘हामी संविधान बमोजिम अगाडी बढ्छौ ।’अर्को प्रसंगमा नेता नेम्वाङले एमालेलाई एकढिक्का र एक जुट बनाउनको लागि हामी सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । माधब कुमार नेपालसहित पार्टीलाई मिलाएर लैजान हामी सबै भुमिका खेल्नुपर्ने उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu