Connect with us
Kapilvast Forest

शिवराजमा ३ दिने सेनेटरी संगीप्याड निर्माण तालिम सम्पन्न

२०७७, १३ चैत्र शुक्रबारमा प्रकाशित

दिपक के.सी- कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा किशोरीहरुका लागी ३ दिने महिनावारी स्वच्छता घरमा नै बनाउने सेनेटरी संगीप्याड तालिम तथा लैगिंक हिसां विरुद्ध विषयक तालिमको शुक्रबार समापन भएको छ । शिवराज नगरपालिका वडा नं. १ को सहयोग तथा शिवपुर स्वास्थ्य चौकीको आयोजनामा तालिम संचालन भएको तालिममा ५० जना किशोरीहरुलाई तालिम दिइएको हो ।
समापन कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगत बहादुर जि.सी.ले किशोरीहरुको प्रजनन स्वास्थ्यलाई मध्य नजर गर्दै वडाले सेनेटरी संगी प्याड बनाउने तालिम बार्षिक कार्यक्रममा राखेको बताउनु भयो । किशोरीहरुको मासिकचक्रमा प्रयोग हुने संगी प्याड आफैले घरमा नै बनाउन सक्ने भए संगै परिवारका अन्य सदस्य तथा साथी संगीलाई पनि सिकाउन अध्यक्ष जि.सी.ले आग्रह गर्नु भयो ।
तालिमले किशोरीहरुलाई लैगिंक हिसां विरुद्ध पनि चेतना दिन सफल भएको शिवराज नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी हमालले बताउनु भयो । तालिमबाट सिकेको सिपलाई निरन्तर व्यवहारमा प्रयोग गरे मात्रै फाइदा पुग्ने र तालिमको औचित्य रहने बताउनु भयो । तालिमको प्रमुख प्रशिक्षक कालिका स्वावलम्बन सामाजिक केन्द्रकी कमला सापकोटाले किशोरीहरुको उत्साहजनक सहभागिता रहेको बताउदै आफ्नो स्वास्थ्यको ख्याल किशोरीहरु आफैले गर्नु पर्ने भन्दै घरमय नै निर्माण गरिने सेनेटरी संगी प्याड निकै उपयोगी हुने बताउनु भयो । तालिमले लैगिंक हिंसा विरुद्ध चेतना संगै किशोरीहरुले महिनावारीको बेला प्रयोग गर्ने सेनेटरी प्याड निर्माण तालिम उपयोगी भएको तालिममा सहभागि किशोरी सुकमाया बुढाले बताउनु भयो ।
समापन कार्यक्रम शिवपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष जगत बहादुर जि.सी.को अध्यक्षता, कार्यपालिका सदस्य लक्ष्मी हमालको प्रमुख आथित्यता र शिवपुर स्वास्थ्य चौकी प्रमुख लेखनाथ पौडेलको संचालनमा सम्पन्न भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu