Connect with us
Kapilvast Forest

महन्थलाई प्रचण्डले भने ‘सरकारको नेतृत्व लिनुहोस्, हप्ता दिनमै हाम्रो सरकार बन्छ’

२०७७, १४ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन्।

बृहत् नागरिक आन्दोलन बारेको अन्तक्रिया कार्यक्रमको सवाल जवाफको क्रममा प्रचण्डले भने, ‘मधेशका अधिकार पहिचानको रूपमा केपी ओली प्रवृत्ति स्थापित छ। मेरो भनाइ के हो भने- तपाईं आफैँ सरकार बन्नुहोस् र समस्या समाधान गरौँ भनेको हुँ।’

प्रचण्डले महन्थले साथ दिएको खण्डमा एक हप्ताभित्र आफ्नो सरकार बन्ने दाबी गरे। ‘आजको भोलि एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओलीकहाँ बालुवाटार धाउनुहुन्छ? भन्ने मेरो प्रश्न हो।’ उनले भने, ‘मलाई तपाईले चिन्नुभएको छ। म त्यही मधेशको मुद्दालाई संसदमा संशोधन प्रस्ताव हालेको छु। त्यो पास गर्न नदिने ओली हो।’

प्रचण्डले ठाकुरलाई आफूजस्तै बालुवाटार धाउने भएको बताए। ‘आजभोलि त तपाईं पनि म जस्तै हुनुभयो नि कहाँभन्दा आज पनि ओलीकहाँ बालुवाटार, भोलि पनि बालुवाटार’ उनले भने।

जवाफमा ठाकुरले प्रचण्डलाई सरकारमा ओली भएपछि आफूहरु कहाँ जाऔँ भनेर प्रश्न समेत गरेका छन्। उनले प्रधानमन्त्रीसँग आफ्नो मागको बिषयमा मात्रै छलफल भएकाले कुनै गठबन्धन विषयमा छलफल नभएको दाबी गरे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu