अखिल नेपाल महिला संघ शितगंगाकाे अध्यक्षमा गिता भाट चयन
अर्घाखाँची –अखिल नेपाल महिला संघ शितगंगाकाे अध्यक्षमा गिता भाट चयन हुनु भएकाे छ । शितगंगा नगर कमिटिको अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा बसेको कार्यकर्ता भेलामा ५१ सदस्यीय रहेको अखिल नेपाल महिला संघ शितगंगा नगर कमिटि गठन भएको छ ।
जस्मा अध्यक्ष पदमा गिता भाट चयन हुनु भएको छ त्यस्तै उपाध्यक्षमा बिस्नु क्षेत्री सचिवमा सुशिला आचार्य, सह सचिव सरस्वति बि.सी, र कोषाअध्यक्ष मा मधु भुषाल चयन हुनु भएको छ ।
चयन हुनु भएका सदस्यहरुलाई प्रदेश सभा सदस्य जालपा भुषालले र पार्टि केन्द्रिय सदस्य बिजुला रायमाझी सपथ ग्रहण गराउनु भएको थियो । यस्तै नेपाल उत्पीडित जातिय मुक्ति समाजको शितगंगा नगर स्तरीय कार्यकर्ता भेलामा ४३ सदस्यीय रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाजको शितगंगा नगर कमिटि गठन भएको छ ।
जस्मा अध्यक्षमा चुरा बहादुर बिक चयन हुनु भएको छ । चयन हुनु भएका सदस्यहरुलाई पार्टि केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेशका प्रदेश सांसद रामजी प्रसाद घिमिरेले सपथ ग्रहण गराउनु भएको थियो । त्यस्तै शितगंगा नगरपालिका वडा न ५ का ३३ जना ले विभिन्न पार्टि परीत्याग गरी नेकपा एमालेमा प्रबेश गरेका छन् ।
पार्टि परीत्याग गरी आउने कार्यकर्ता लाई सम्पुर्ण अतिथी द्धारा टिका लगाई स्वागत गरीएको थियो । कार्यक्रममा नेकपा शितगंगा नगर कमिटि का अध्यक्ष बसन्त श्रेष्ठको अध्यक्ष्यतामा ,पार्टि केन्द्रिय सदस्य तथा लुम्बिनि प्रदेश सांसद रामजी प्रसाद घिमिरेको प्रमुख आतिथ्यतता , विशिष्ट अतिथी प्रदेश सभा सदस्य जालपा भुषाल ,अतिथीहररु पार्टि जिल्ला कार्यलय सदस्य जिवनारायण कोईराला,पार्टि क्षेत्रीय कमिटिका अध्यक्ष काशी आचार्य,पार्टि केन्द्रिय सदस्य बिजुला रायमाझी, पार्टि शितगंगा इन्चार्ज ओपी पाण्डे लगायत नेकपाका पार्टि कार्यकर्ताको उपस्थीति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य जिल्ला कमिटि सदस्य गोवर्धन थापले गर्नुभएको थियो भने नेकपा शितगंगा नगर कमिटिका सचिव ऋीषी घिमिरे को सन्चालनमा कार्यक्रम सम्पन भएको हो ।