Connect with us
Kapilvast Forest

बुटवल–नारायणगढ सडकको दुई वर्षमा जम्मा चार प्रतिशत काम

२०७७, १८ चैत्र बुधबारमा प्रकाशित

 

काठमाडौं-निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काममा ढिलाइ भएको छ । साढे तीन वर्षभित्रमा बनाइसक्नुपर्ने उक्त सडक दुई वर्ष बितिसक्दा पनि जम्मा चार प्रतिशत काम सकिएको छ । चाइना स्टेट इन्जिनियरिङ कम्पनीले सडक निर्माणको ठेक्का पाएको थियो । ठेक्का सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण सुरु भएको आयोजनाको काम दुई वर्ष बित्दा चार प्रतिशत मात्रै सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाले जनाएको छ ।

यसअघि रोकिएको रुख काट्ने काम भने सुरु भएको छ । मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुख काट्ने काम सकिएको भए पनि कानुनी अड्चनका कारण मध्यवर्ती क्षेत्र मा पर्ने रुख काट्ने काम हुन सके को थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तार का लागि आवश्यक पर्ने रुख काट्न सुरु गरिएको नारायणगढ–बुटवल सडक सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनु भयो ।

सो सडकखण्डको कावासोतीबाट गौडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केही दिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उहाँले जानकारी दिनु भयो ।आजको गोरखापत्र दैनिकमा समाचार छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu