विभिन्न जातजातीको ऐतिहासिक पर्वमा सार्वजनिक विदा दिइनुपर्ने
काठमाडौं- विभिन्न जातजातीको ऐतिहासिक पर्वमा सार्वजनिक विदा दिइनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।बुधबार तमू ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्ले काठमाडौमा आयोजना गरेको नेपालका चाडपर्वहरु सार्वजनिक विदा र समानताको प्रश्न बिषयक विचार गोष्ठीमा सरोकारवालाहरुले बिशेष जातजातीको संस्कृतिलाई राज्यले बराबर सम्मान दिनुपर्ने बताए ।
त्यस्तै उनीहरुले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्न सबै धर्म संस्कृतिको सम्मान आवश्यक रहेको उनीहरुले बताए । कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुलुक बहुधार्मिक बहुसास्कृतिक मुलुक भएकाले सवै धर्म सस्कृतिलाई बराबरको सम्मान दिनुपर्ने बताए ।
त्यस्तै नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगतबहादुर बरामले कुनै पर्वमा सार्वजनिक विदा र कुनै पर्वमा जातीय बिशेष बिदा दिनु अनुचित भएको बताए । उनले सबै पर्वलाई बराबरको मान्यता दिई सार्वजनिक विदा दिइनुपर्ने धारणाा राखे ।
परिषदले १३ औ तमू एकता दिवसको अवसरमा बिचार गोष्ठिको आयोजना गरेको हो ।