Connect with us
Kapilvast Forest

चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिले बुझायो प्रतिवेदन

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

केएल पीडित,बुटवल-  लुम्बिनी प्रदेशमा चलचित्र छायांकनस्थल निर्माणको संभाव्यता अध्ययन समितिले आज लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सचिव रविलाल पन्थलाई अध्ययन प्रतिवेदन बुझायो ।
संभाव्यता अध्ययन समितिका सदस्यहरू मनोज श्रेष्ठ, केएल पीडित र चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बानिया र चलचित्रकर्मी अमित विश्वास सम्मिलित टोलीले बुझाएको प्रतिवेदनमा पाल्पा जिल्लाको तानसेन नगरपालिकाको साविक ७ मा रहेको बतासे डाँडा क्षेत्रको करिब ११ सय ३९ रोपनी क्षेत्रलाई चलचित्र छायांकनस्थ निर्माणका लागि सिफारिश गरिएको छ ।
लुम्बिनी प्रदेशको मध्यभागमा पर्ने, मौलिक कला संस्कृति भएको, धार्मिक एवं ऐतिहासिक स्थलहरु भएको, सबै भाषाभाषी र जनजातिको बसोबास रहेको,स्वच्छ एवं मनोरम वातावरण, चलचित्र छायांकनको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरु तयार भइसकेकोले पाल्पाको बतासे डाँडालाई लुम्बिनी प्रदेशको चलचित्र छायांकनस्थल निर्माणका लागि उपयुक्त पहिचान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन बुझ्दै मन्त्री केसीले बतासे डाँडामा चलचित्र छायांकनस्थल निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

चालु आर्थिक वर्ष २०७७/७८ मा नेपाल सरकारले प्रत्येक प्रदेशमा चलचित्र छायांकनस्थल निर्माण गर्ने कार्यक्रम राखी बजेट विनियोजन गरेको थियो । सोही कार्यक्रम अन्तर्गत चलचित्र विकास बोर्डले उपयुक्त छायांकनस्थलको बारेमा अध्ययन अवलोकन गरी प्रतिवेदन तयार गर्न श्रावण २२ गते सातवटै प्रदेशका लागि अलग-अलगरुपमा चलचित्र छायांकनस्थलको निर्माणको संभाव्यता अध्ययन समिति गठन गरेको थियो ।
चलचित्र विकास बोर्डले संभाव्यता अध्ययन समितिलाई संभाव्यस्थलको पहिचान र अध्ययन गर्दा सम्बन्धित प्रदेशको मौलिक पहिचान झल्कने, वहुउद्देश्यीय प्रयोगमा आउन सक्ने संरचना निर्माण गर्न सकिने,चलचित्र छायांकनका लागि अन्तर्राष्ट्रिय आकर्षणस्थलका रुपमा विकास गर्न सकिने, कम्तीमा ४ रोपनी क्षेत्रफलको जग्गासहितको उपयुक्त स्थान पहिचान गरी सिफारिस गर्न कार्यक्षेत्र तोकिएको थियो ।

चलचित्र विकास बोर्डका सदस्य सचिव एवं संभाव्यता अध्ययन समितिका संयोजक महेन्द्रप्रसाद साँखी, सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव संगीता ओझा, सबै अध्ययन समितिका समन्वय एवं संयोजनकर्ता नवल खड्का, चलचित्रकर्मीहरु धिरेन शाक्य, मनोज श्रेष्ठ, केएल पीडित, अमित विश्वास, चलचित्र विकास बोर्डका प्रशासन अधिकृत दिनेश बानियाँको टोलेली चलचित्र छायांकन संभाव्यता अध्ययनका लागि लुम्बिनी प्रदेशका बिभिन्न स्थानहरुको अध्ययन- अवलोकन र सरोकारवाला निकाय एवं व्यक्तिहरुसंग अन्तरक्रिया तथा परामर्श गरी प्रतिवेदन तयार गरिएको समन्वयकर्ता एवं अभिनेता नवल खड्काले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu