Connect with us
Kapilvast Forest

महाराजगंजको ६ वटा वडामा अनलाईन प्रणालीबाट घटनादर्ता शुरू ।

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

कपिलबस्तु 

कपिलबस्तुको महाराजगंज नगरपालिका प्रबिधी मैत्री बन्दै अगाडी बढीरहेको छ । महाराजगन्ज नगरपालिकामा अनलाइन मार्फत व्यक्तीगत घटना दर्ताको सुरुवात गरिएको छ । महाराजगंज नगरपालिकाको वडा न १० बाट अनलाईन घटना दर्ता सुरु गरि प्रमाणपत्र हस्तान्तरण गरी अनलाइन दर्ताको सुरुवात गरिएको हो । आज आउने पहिलो सेवा ग्राहीको  जन्मदर्ता गरि अनलाइन प्रणाली मार्फत सेवा प्रदान गरिएको महाराजगंज नगरपालिकाको पंजिकरण शाखा प्रमुख बृजेश कुमार चौधरीले जानकारी दिनु भयो  ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागको निर्देशन अनुसार वडाको वडा सचिव तथा कार्यालय सहयाकहरुलाई तालिम प्रदान गरि अनलाइन प्रणाली लागु गरिएको महाराजगंज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले बताउनु भयो । बदलिदो समय परिवेश र सामाजिक सुरक्षा तथा व्यक्तीगत घटना दर्तालाई व्यस्थीत गर्दै अगाडी बढी रहेको  प्रमुख प्रशासकीय अधिकृत खरेलले बताउनु भयो ।

नगरपालिकाको वडा नं १,३,४,६,९ र १० गरि जम्मा ६ बाट वडा बाट अनलाईन प्रणालीबाट घटनादर्ता शुरु गरिएको र २०७७ चैत्र मसान्त भित्र  बाकी रहेका ५ वटा वडामा पनि अनलाइन प्रणाली लागु गर्ने तयारी रहेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी अगामी आर्थिक बर्षमा थप प्रभावकारी बनाउने र नगरवासीहरु लाई सजिलो र सरल तरिकले सेवा उपलब्ध गराउने  नगर प्रमुख कलामले बताउनु भयो।

अनलाइन प्रणाली बाट गरिएको घटना दर्ता  नगर प्रमुख अब्दुल कलाम,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेल ,वडा नं १० को वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरी,वडा सचिव सुरजित मणि पाठक तथा पंजिकरण शाखा शाखा प्रमुख बृजेश कुमार चौधरीको उपस्थितीमा  सेवाग्राहीलाई हस्तान्तरण प्रमाणपत्र हस्तन्तरण गर्नु भएको थियो । यो प्रणाली अवलम्बन भएको सेवा ग्राहीहरुलाई सेवा दिन सजिलो हुने बताउनु भयो । आनलाई प्रणालीबाट प्रमाणपत्र पाए पछी सेवाग्राही खुसी भएका थिए

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu