Connect with us
Kapilvast Forest

महाराजगंजमा कृषकहरुलाई पम्पिङसेट बितरण

२०७७, १९ चैत्र बिहीबारमा प्रकाशित

कपिलवस्तु-
कपिलबस्तुको महाराजगंज नगरपालिकाको वडा नं १०मा ५ थान पम्पिङसेट बितरण गरिएको छ ।महाराजगंज नगरपालिका वडा नं १० को लागि स्वीकृत गरिब संग बिश्वेसर कार्यक्रम अर्न्तगत वडा नं १० गठित ५ वटा कृषि समुहको अध्यक्षहरुलाई पम्पिङसेट हस्तान्तरण गरिएको गरिब संग बिश्वेसर कार्यक्रमको जिल्ला समन्वयकर्ता धनकला गैरेले जानकारी दिनु  भयो । गरिब संग बिश्वेसर कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै  जिल्ला समन्वय कर्ता धनकला गैरैले  वडा नं १० मा रहेको गरिब,दलित,बिपन्न समुहको कृषकहरुको जिवनस्तरमा सुधार ल्याउने र आयआर्जनमा अग्रसरगरी गरिबी न्युनिकरण तथा कृषि पेशामा उत्साहित गर्नको लागि यो पम्पिङसेट बितरण गरिएको बताउनु भयो।

गरिब संग बिश्वेसर कार्यक्रम अर्नतगत सञ्चालित  गौतम बुद्ध समुह हर्दौना उत्तर डिहको झकुरि पासी, सागरमाथ समुह हरदौना दक्षिण डिहको कोदई चमार,जनचेतना समुह मुजहनाको मुस्तकिम तुर्किया,लालि गुराँस समुह करैलियाको कोठारी पासी र देउराली समुह अल्गीको सद्दाम हुसेन गरि  वटा समुहको कृषकहरुलाई पम्पिङसेट हस्तान्तरण गरिएको वडा नं १० को वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनु भयो ।सिचाईको कारणले कृषि उपजमा कमी भएकोले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो । कृषकहरुको समस्यलाई मध्यनजर गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई दिने नगर प्रमुख कलामले बताउनु भयो ।

पम्पीङसेट पाए पछि कृषकहरु खुसी ब्यक्त गरेका थिए । महाराजगंज नगरपालिका वडा नं १० को वडा अधयक्ष शैलेन्द्र कुमार चौधरीको अध्यक्षतमा भएको पम्पिङसेट बितरण कार्यक्रमको नगरप्रमुख अब्दुल कलाम,प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले अनुगमन गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu