Connect with us
Kapilvast Forest

केही स्थानमा वर्षा हुन सक्ने मौसमविद्को अनुमान

२०७७, २० चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडौँ – देशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यस बाहेक अन्य भूभागहरुको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यातय सफा रहेको छ।

हाल नेपालमा स्थानीय वायुकाे प्रभाव रहेको छ।