रियल सोसिडाडले ३४ वर्षपछि जित्यो कोपा डेल रेको उपाधि
एजेन्सी – कोपा डेल रे फुटबलको उपाधि रियल सोसिडाडले जितेको छ। गउराति भएको फाइनल खेलमा एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेर सोसिडाडले उपाधिका लागि ३४ वर्षको पर्खाई टुंग्याएको हो।
सोसिडाडको जितमा ६३ औँ मिनेटमा ओयार्जाबालले पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । सो पेनाल्टी दिनु अघि पाँच मिनेटसम्म भिएआर मार्फत अवस्थाको मूल्यांकन गरिएको थियो। सोसिडाडले सन् २०१९–२० सिजनको उपाधि जितेको हो। कोरोना भाइरसको महामारीका कारण गत सिजन फाइनल हुन सकेको थिएन।
यो सिजनको फाइनलमा अप्रिल १७ मा एथ्लेटिको बिल्बाओलो बार्सिलोनासँग खेल्ने छ।