Connect with us
Kapilvast Forest

मानव तस्करी नियन्त्रणमा सफलता

२०७७, २२ चैत्र आईतवारमा प्रकाशित

विराटनगर – केही वर्ष अघिसम्म निक्कै विकराल रुपमा रहेको मानव तस्करी, ओसारपसार एवं बेचबिखनका घटना नियन्त्रणमा प्रदेश १ भित्र सफलता प्राप्त भइरहेको छ।सरकारले अपनाएका विभिन्न उपाय, कडा कानुन, कारबाहीमा तदारुकता, जनचेतनामुलक अभियान तथा कार्यक्रमहरु, निगरानी बढाएर सीमा नाकामा अपनाइएको उच्च सतर्कता, सबै पक्षबीचको सहकार्य र समन्वय एवं अपराधविरुद्धको जागरुकता लगायतले यस्ता घटना नियन्त्रणमा मद्धत पुगिरहेको विश्लेषण गरिएको छ। मानव तस्करीका घटना र यस्ता अपराधबाट पीडित हुने तथा घटना गराउनेको संख्या कम हुँदै जानुलाई नियन्त्रणमा सफलता मिलिरहेको रुपमा लिइएको छ।

नेपाल तथा सशस्त्र प्रहरी एवं विभिन्न संघ संस्थाको प्रयास र पहलमा नियन्त्रण सम्भव हुँदै गइरहेको देखिन्छ। प्रदेशका १४ मध्ये भारतसँग खुला सीमा जोडिएका तराईका तीन जिल्ला सुनसरी, मोरङ र झापाबाट सबैभन्दा बढी महिला तथा बालिकाको तस्करी हुने गरेको विभिन्न अध्ययन एवं अनुसन्धानले देखाएको छ।
तर सबै पक्षको सक्रियता र प्रयासबाट यसअघिसम्म निक्कै विकराल अवस्थामा रहेको मानवताविरुद्धका यस्ता अपराध क्रमस नियन्त्रण हुँदै गइरहेको पाइएको छ।

तस्करी गर्ने गिरोहबाट सबैभन्दा बढी ४० वर्ष उमेर समूहसम्मका महिला तथा बालिका पीडित बनेको अध्ययनले देखाएको छ। यो गिरोहले नेपालका विभिन्न स्थानका महिला एवं बालिकालाई प्रलोभनमा पारेर नाका कटाउँदै भारत तथा तेस्रो मुलुकसम्म लैजाने गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७५र०७६ मा भएका ५१ वटा मानव तस्करीका घटनामा २१ बालिका र ३५ महिला गरेर ५६ जना पीडित भएका थिए। पीडित बनेका नेपाली महिला तथा बालिकामध्ये सुनसरी एवं झापामा १८र१८ र मोरङबाट आठ जनालाई नाका कटाउँदै भारत लैजाने प्रयास गरिएको उहाँले बताउनुभयो । सात जनालाई अरु नै जिल्लाबाट लैजाने प्रयास भएको थियो। ५१ घटनामा ६५ पुरुष र १५ महिला गरेर ८० जनाको संलग्नता पुष्टि भएको एसपी श्रेष्ठले बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ मा यस्ता घटनामा निक्कै कमी भएको देखिन्छ। उक्त आर्थिक वर्षमा २६ वटा मात्रै मानव तस्करीका घटना भए। जसमा पाँच बालिका र २९ महिला गरेर ३४ जना पीडित बनेका छन्। झापाबाट १८, मोरङबाट नौ र सुनसरीबाट पाँच जना महिला तथा बालिकालाई नाका कटाउने प्रयास भएको श्रेष्ठले बताए। दुई जनालाई अन्यत्रबाट लैजाने प्रयास गरिएको थियो। घटनामा २७ पुरुष र १३ महिला गरेर ४० जनाको संलग्नता देखिएको छ।

चालु आर्थिक वर्ष २०७७र७८ को हालसम्मको तथ्यांकले पनि अघिल्लो वर्षको भन्दा मानव तस्करी घटेको देखाउँछ। चालु आवको हालसम्म प्रदेशमा मानव तस्करीका १४ वटा मात्रै घटना भएका छन्। घटनामा आठ बालिका र ११ महिला गरेर १९ जना पीडित बनेको जानकारी एसपी श्रेष्ठले दिनस भयो । उहाँका अनुसार सुनसरीबाट नौ, मोरङबाट सात र झापाबाट तीन जना महिलालाई नाका पार गरेर भारत पुर्‍याउने प्रयास भएको थियो। घटनामा २७ पुरुष र छ महिला गरेर ३३ जनाको संलग्नता पुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj