सर्वाेच्चका लागि प्रस्तावित २ न्यायाधीशको संसदीय सुनुवाइ वैशाख ३ गते हुने
काठमाडौं-सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वयकुुमार चुँुडाल र नहकुुल सुवेदीको संसदीय सुनुवाइ आगामी वैशाख ३ गते हुने भएको छ ।
संसदीय सुुनुुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुँडाल र सुवेदीको सुुनुुवाइवैशाख ३ गते गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिको आजको बैठकले उहाँहरुविरुद्ध परेको उजुरी सम्बन्धमा उजुुरीकर्तालाई बोलाएर जानकारी लिएको छ । प्रस्तावित न्यायाधीश चुँडालविरुद्ध २ र सुुवेदीका विरुद्ध ५ वटा उजुरी परेका छन् । उजुुरीकर्ताले उठाएका योग्यतालगायतका प्रश्नका विषयमा बैठकमा पर्याप्त छलफल भएको पनि सभापति कर्णले जानकारी दिनुुभयो ।