न्युक्यासल र टोटेनहमले बराबरी खेले
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेड र टोटेनहमबीचको खेल बराबरीमा सकिएको छ । गएराति न्युक्यासलको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
न्युक्यासलका जोलेन्टिनले २८ औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यता ३० औं र ३४ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै टोटेनहमको अग्रता बनाए ।
८५ औं मिनेटमा जोए विल्लोकले गोल गर्दै न्युक्यासललाई बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । ३० खेलबाट ४९ अंकसहित टोटेनहम तालिकाको ५ औं स्थानमा छ भने समान खेलबाट २९ अंकसहित न्युक्यासल १७ औं स्थानमा छ ।