Connect with us
Kapilvast Forest

यो वर्ष अत्यधिक, अझै डेढ महिना रहने

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेपालमा नौ वर्षको अवधिमा सबैभन्दा बढी यो वर्ष धेरै डढेलोका घटना भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा वि.सं. २०६९ कार्तिकदेखि २०७७ चैत्रसम्म छ हजार ४१५ डढेलोका घटना भएका छन् ।

प्राधिकरणका अनुसार २०६९ सालमा ४० जिल्ला प्रभावित भएर ३७९ घटना भएकोमा २०७७ साल कार्तिकदेखि चैत्रसम्म छ महिनाको अवधिमा दुईहजार ७१३ घटना भएका छन् । सो अवधिमा ७३ जिल्ला प्रभावित भएका छन् ।२०७० सालमा डढेलोका घटना बढेर ४३ जिल्लासम्म फैलिए भने २६९ वटा डढेलो लागेको थियो ।

त्यसपछि २०७१ सालमा डढेलोका घटनामा कमी आएको देखिएको पनि १०७ घटनासहित ३१ जिल्ला प्रभावित भए ।यसैगरी, २०७२ सालमा (९८९) घटनासहित ६७ जिल्ला प्रभावित, २०७३ सालमा (३२४)सहित ५२ जिल्ला, २०७४ सालमा (६१७) घटनासहित ६४ जिल्ला, २०७५ मा ६३ जिल्लामा ८२९ डढेलो लागेको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, २०७६ सालमा डढेलोका घटना कमी हुँदै ४० जिल्लामा मात्र प्रभावित भएको देखिन्छ । सो अवधिमा १८८ घटना देखिएकोमा २०७७ मा एक्कासि ह्वात्तै ७३ जिल्लामा प्रभावित भयो । डढेलोको घटना बढेर दुई हजार ७१३ सम्म पुगेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दर शर्मा अबको डेढ महिनासम्म नेपाल डढेलोको उच्च जोखिममा रहेको बताउनुहुँदै सम्बद्ध पक्ष सचेत हुन आग्रह गर्नुहुन्छ । लामो समय पानी नपरेर सुक्खा लागेको स्थानमा लागेको डढेलो सहजै अन्यत्र सर्ने क्रम बढेको उहाँको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu