Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेश पत्रकार महासंघका प्रत्याशीको चर्काचर्की, पत्रकार हक हितमा काम गर्ने प्रतिवद्धता

२०७७, २४ चैत्र मंगलवारमा प्रकाशित

बुटवल- नेपाल पत्रकार महासंघ, लुम्बिनी प्रदेशका प्रत्याशीहरुले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्ब्निी प्रदेश कार्यालय बुटवलमा सम्पन्न साक्षात्कारमा उनीहरुले महासंघको नेतृत्वमा पुगेर पत्रकार हक हित संरक्षण र पत्रकारिताको विकासमा भूमिका खेल्ने बताए । पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्षका प्रत्यासी भरत के सीले प्रदेश सञ्चारलाई पूर्ण व्यवस्थित र चलायमान बनाउन आफ्नो उमेदवारी रहेको बताएका छन् ।

प्रदेश महासंघका उपाध्यक्ष समेत रहेका के.सीले पत्रकारितामा देखिएको कमीकमजोरी र पत्रकारको क्षमता वृद्धिको आफ्नो मुख्य चुनावी एजेन्डा रहेको बताए । लोकतान्त्रिक प्रगतिशील पत्रकार महासंघका प्रदेश सदस्यकाप्रत्यासी प्रेमनारायण आचार्यले महासंघको जिल्ला समितिमा लामो काम गरी अहिले प्रदेश सदस्यमा समेत रहेको बताउँदै आफू व्यवसायी पत्रकारितामा विश्वास गरेको जिकिर गरे ।

लामो समय पत्रकारिता क्षेत्रमा काम गरेको ह्ुदा नेतृत्वमा रहेर काम गर्न योग्य रहेको बताए । लोकतान्त्रिक प्रगतिशिल समूह रुपन्देही जिल्लाका अध्यक्षताका प्रत्यासी रामराज पोखरेलले विगत १९ वर्षदेखि महासंघ आफ्नो मनोमानी ढंगले अगाडि बढ्ेको भन्दै गलत प्रवृतिको अन्त्य र महासंघलाई सबैको अपनत्व सस्ंथाको रुपमा चिनाउन उमेदवारी दिएको बताए । प्रेस युनियनका पूर्व सदस्य समेत रहेका पोखरेलले पाँचवटा संगठनको समर्थन रहेको सर्वस्वी कार्य नेतृत्व भएकोले पनि जित हासिल गर्ने दाबी गरे । साझा प्यानलका तर्फबाट नेपाल पत्रकार रुपन्देही साखाका उपाध्यक्ष दिनेश पाण्डेले लामो समय देखि महासंघमा रही पत्रकारहरुको हक हितमा आफुू लडिरहेको बताए ।

उनले आफूलाई सबैको साथ र सहयोग रहने बताए । पाण्डेले साझा प्यानलले नै जित्ने कुरामा विश्वस्त रहेको दाबी गरे । साझा प्यानलका तर्फबाट महिला उपाध्यक्षकी उमेदवार अमृता अनमोलले आफू १४ वर्षको उमेर देखि नै पत्रकारीता क्षेत्रमा संलग्न भएकोले पत्रकारको हकहितका लागि काम गर्न सक्ने बताइन् । आफू सबै सँग चिरपरिचित भएको हुदा मत पाउनेमा पूर्ण विश्वस्त रहेको बताइन् ।

नेतृत्वमा पुगेर महिला हकहित र उनीहरुको क्षमता अभिवृद्धिमा समेत जोड दिने बताइन् । लोकतान्त्रिक प्रगतिशिल प्यानलकी महिला उपाध्यक्षको प्रत्यासी सन्जु पौडेलले आफू दुई कार्यकाल देखि पत्रकार महासंघको जिल्ला सदस्य पदमा रही काम गरेकोे र अहिले पदाधिकारीका लागि आफू योग्य र सक्षम रहेको दाबीगरिन् । अग्रजहरुको प्रेरणाले आज पत्रकारीता क्षेत्रमा आफू आएको बताइन् ।

उमेरको हिसावले मात्र नेतृत्व तहमा पुग्ने नभई कार्य क्षमता महत्वपूर्ण हुनेमा जोड दिइन् । महासंघका केन्द्रीय सदस्यका प्रत्यासी राम कृष्ण भण्डारीले पुरानो ढंगबाट मात्र महासंघ अगाडि बढ्न नसक्ने बताउदै, नयाँ सोच र कार्य दक्षताबाट नेतृत्व आउनु पर्छ भन्ने मूल्य र मान्यताका साथ आफ्नो उम्मेदवारी रहेको बताए ।

कान्तिपुर टेलिभिजनका समाचार संम्पादक समेत रहेका भण्डारीले आफ्ना कार्य क्षमताका आधारमा मत दाताहरुबाट साथ र सहयोग रहेको बताए । नेपालपत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिपेन्द्र कुँवरले महासंघको चुनाव आउँदा मात्र पत्रकारको हकहित र विकासको चर्का कुरा उठ्ने गरेको भन्दै आलोचना गरे ।

जसरी पनि नेतृत्वमा पुग्नु पर्छ भन्ने सोचले सदस्यता वितरणमा लुछाचुडी हुने गरेको बताए । उनले भने, ‘हामीले कसरी संचार क्षेत्रमा काम गर्नेहरुको विश्वासीलो र भरपर्दो संचारको विकास गर्नेमा ध्यान गएन, त्यसैले वेलावेलामा पत्रकारहरुलाई अनेक चुनौती आाउनु दुखको कुरा हो ।’ रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न साक्षत्कारमा जिल्लाका सचिवका प्रत्यासी विनोद परियार र लक्ष्मण पोखरेल साथै सह–सचिवका प्रत्यासी केशव भण्डारी र सदस्यहरुको सहभागिता थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu