Connect with us
Kapilvast Forest

पत्रकार महासंघको चुनाव आज

२०७७, २५ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं -आज नेपाल पत्रकार महासङ्घको चुनाव हुँदै छ। बिहान ९ बजेदेखि ५ बजे सम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ।

महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १२२ मतदाता छन्। प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।

सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ। ७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ। एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ।

त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ। जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुने छ। त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।

सत्तापक्ष र प्रतिपक्षका बेग्लाबेग्लै प्यानल

महासङ्घको यसपटकको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एमाले ९नेपाल पक्ष०, मोहन वैद्यको क्रान्तिकारी माओवादी लगायतका दल निकट पत्रकार सङ्गठनले एउटै प्यानल बनाएका छन्। एमालेको प्रधानमन्त्री केपी शर्मा ओली पक्ष निकट प्रेस चौतारीको छुट्टै प्यानल रहेको छ। केही स्वतन्त्र र बागी उम्मेदवारी पनि परेको छ।

महासङ्घको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। गजेन्द्रसिंह बुढाथोकी, विपुल पोख्रेल र निर्मला शर्माको उम्मेदवारी परेको छ। अध्यक्षका उम्मेदवारमध्ये बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन् भने शर्मा प्रधानमन्त्री ओली नेतृत्वको एमाले निकट प्रेस चौतारीकी हुन्। कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल अध्यक्षको मैदानमा छन्। वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, ध्रुव लम्साल र रमेश विष्टको उम्मेदवारी परेको छ। महिला उपाध्यक्षतर्फ दाना सुवेदी र बाला अधिकारीको उम्मेदवारी परेको छ।

यस्तै, समावेशी उपाध्यक्षमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोको उम्मेदवारी परेको छ। महासचिव पदका लागि बालकृष्ण बस्नेत, राजेश मिश्र, रोशन पुरी र सुवोध गौतमले उम्मेदवारी दिएका छन्।

खुला सचिवतर्फ गोविन्दप्रसाद चौलागाईं, जन्मदेव जैसी, रामप्रसाद शर्मा ९यम विरही० र रामकृष्ण ज्ञवालीको उम्मेदवारी परेको छ। महिला सचिवतर्फ निमा काफ्ले, सिर्जना अर्याल उम्मेदवार बनेका छन् भने जनजाति सचिवमा नारायण सुन्दर किलम्बु, रामकुमार श्रेष्ठ र शाहीमान राईको उम्मेदवारी परेको छ। मधेसी सचिवमा दीपेन्द्र चौहान, देवकुमार यादव र स्वेता सिन्हा उठेका छन्। दलित सचिवमा मधु शाही र हेमकर्ण विकको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, कृष्ण गिरी, प्रकाश थापा र माधव दुलालको उम्मेदवारी परेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu