Connect with us
Kapilvast Forest

श्रीलंका पुलिसविरुद्ध आर्मीको फराकिलो जित

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं -एएफसी कप अन्तर्गतको प्रिलिमिनरी स्टेजमा त्रिभुवन आर्मी क्लबले श्रीलंका पुलिस स्पोर्टिङ क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजेदेखि सुरु भएको खेलमा आर्मीले सहज जित निकालेको हो। जितसँगै आर्मीले भारतको बेंग्लुरु क्लबसँग भेट पक्का गरेको छ।

खेलबाट सुरुबाटै दबाब बनाएको थियो आर्मीले। २७ औ मिनेटमा इभान्स एसेन्टेले गोल गरेर श्रीलंकाका लागि अग्रता बनाएका थिए। ३३ औं मिनेटमा नवयुगको क्रसमा राम्रो अवसर बनेको थियो। भरत चुके, ३८ औ मिनेटमा पनि हेडिङमा राम्रो अवसर थियो। ४० औ मिनेटमा सन्तोष तामाङले गोल फर्काए। ४३ औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीलाइ अग्रता दिलाए। ५० मिनेटमा टंकबहादुर बस्नेतले गोल गरे।

८३ औं मिनेटमा सुदिल राइले गोल थपे। उनी टंकबहादुर बस्नेतको स्थानमा सब्टिच्युट भएर आएका थिए। ९० औं मिनेटमा नवयुगको गोलसँगै नेपालले ५(१ को फराकिलो जित हात पार्‍यो।

मैदानमा कोभिड पछिको सवधानीमा थ्री नेसन्स कपको तुलनामा धेरै सावधानी अपनाइएको थियो। कुर्सी बिचमा ग्याप राखेको थियो। जितसगै आर्मी प्रिलिमिनरी राउण्डको दोस्रो चरणमा प्रवेश गरेको छ। दोस्रो चरणमा आर्मीले बेङ्लुरु एफसीसँग अप्रिल १४ मा खेल्ने छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu