Connect with us
Kapilvast Forest

काङ्ग्रेसले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण :कमल थापा

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार ,धर्मपरिबर्तन र सर्बसत्ताबादलाई सधैको लागि अन्त्य गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताउनु भएको छ । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले “राष्ट्रियता,प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपा” भएको समेत दाबी गर्नु भयो ।

काङ्ग्रेस कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गर्नु भयो । मुलुकको स्वाधिनता प्रमुख बिषय भएको भन्दै उनले गौरबबशाली इतिहासलाई मटियामेट गरेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए। सत्ता,शक्तिको निमित्त भएको लुछाचुढिले मुलुक अन्यौल अनिश्चितता तर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेश मात्र अबको बिकल्प भएको बताउनु भयो ।

पार्टीको महाधिवेशन, आगामी निर्बाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गर्नु भयो । कार्यक्रममा नब निर्बाचित वडा तहदेखी जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागीता रहेको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj