Connect with us
Kapilvast Forest

चेम्बर अफ कमर्स कपिलवस्तु देशमै उत्कृष्ट,प्रधानमन्त्रीद्वारा सम्मानित

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

chamber

कपिलवस्तु-संस्थागत विकासमा चेम्बर अफ कमर्स कपिलवस्तु देशमै उत्कृष्ट भएको छ । छोटो समयमा जिल्ला चेम्बर अफ कमर्सको कार्यालयका लागि जग्गा ब्यवस्थापन तथा भवन निर्माण गरी संस्थागत विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभाको अवसरमा सम्मानित भएको हो ।

कमर्सको काठमाडौंमा सम्पन्न ७०औं साधारणसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल नेतृत्वको टोलीलाई कदर पत्रले सम्मान गर्नुभएको थियो ।


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको केन्द्रिय टोलीले गरेको मूल्यांकन गर्दा नेपालभरिका चेम्बरहरुमध्ये चेम्बर अफ कमर्स कपिलवस्तु उत्कृष्टतामा परेको हो । सम्मानले समग्र जिल्लाको गौरब बढेको संस्थाका जिल्ला अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।

संस्थामा आबद्ध सम्पूर्ण पदाधिकारी, सदस्य एवं शुभेच्छुकहरुको सहयोग र सहकार्यले गर्दा नै छोटो समयमा यो स्थानमा आइपुगेको भन्दै सबैप्रति आभार प्रकट गर्नुभयो । सम्मानले थप उर्जा मिलेको समेत अध्यक्ष पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu