पत्रकार महासंघको चुनावमा चौतारी हारेपछि शंकर पोखरेलको प्रतिक्रिया
काठमाडौ -सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीको प्यानल हारेसँगै आम चुनाव पनि यस्तै हुने अनुमान गर्न थालिएपछि ओलीनिकट एमाले नेता शंकर पोखरेलले प्रतिवाद गर्नुृ भउको छ ।
चौतारीबाट अध्यक्षको उम्मेदवार निर्मला शर्माको प्यानललाई नै पराजित गर्दै कांग्रेस, एमालेको माधव नेपाल पक्ष, माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीनिकटका पत्रकार संगठनको गठबन्धनबाट अध्यक्ष उठेका प्रेस युनियनका विपुल पोखरेलको प्यानलै विजयी भएको हो।
यसरी ओली पक्षका पत्रकार पराजित भएपछि खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आम चुनावमा पनि ओलीको हालत यस्तै हुने दाबी गर्नु भएको छ ।
यसैलाई लक्ष्य गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता पोखरेलले पत्रकार संगठनको चुनाव हार्दैमा आम चुनाव पनि त्यस्तै नहुने टिप्पणी गर्नु भएको हो ।
‘हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो। आज त विपक्षमा महागठबन्धन थियो,’ नेता पोखरेलले सामाजिक सञ्जालमार्फत भन्नुभयो , ‘तर आमचुनाव हिजो नि फरक भयो, भोलि नि हुनेछ।’