विद्यालय तत्काल बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विद्यालय बन्द गर्ने आग्रहमा सरोकारवालाहरूले असहमति जनाएका छन्। सोमबार मन्त्रालयका पदाधिकारी र सरोकारवालाबीचको छलफलमा निजी विद्यालय सञ्चालकहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका हुन्।
मन्त्रालयले केही दिनअगाडि कोरोना भाइरस संक्रमण बढ्दै गएको भन्दै विद्यालय बन्द गर्न आग्रह गरेको थियो। आजको छलफलमा सहभागी सरोकारवालाहरूले स्वस्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव दिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज विद्यालय बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने छलफल भएको थियो। अधिकांश सरोकारवालाहरूले स्कुल बन्द नगर्ने बरु सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्।’
प्रवक्ता शर्माले सरोकारवालहरुले यस्तो सुझाव दिए पनि निर्णय नभएको जानकारी दिनुभयो । ‘ती सुझावलाई हामीले लिएका छौं,ु उहाँले भन्न्ुभयो ुयो प्रस्ताव क्याबिनेटमा लग्छौं,अब के गर्ने भन्ने विषयमा सरकारले नै निर्णय गर्छ।’
उनका अनुसार सरोकारवालाहरूले बढी संक्रमण रहेका ठाउँहरुमा केन्द्रित गरेर स्थानीय तहले विद्यालय बन्द गराउन सक्ने तर पहिले जस्तो देशभरका विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन्। छलफलमा निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन तथा एनप्याब्सन लगायत सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।