नयाँ वर्षमा पूर्वराजाको सन्देश, फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्छ
काठमाडौँ – भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिनुभएको छ ।नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने उहाँको सन्देश छ।
पूर्वराजाको शुभकामना सन्देश राजनीतिक विषयमा समावेश छैन । उहाँले देशमा एकता र समृद्धिको कामना गर्नुभएको छ ।
‘एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ,’ पूर्वराजाको सन्देशमा भनिएको छ, ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उद्देश्य र एउटै कामना हुनुपर्छ ।’
पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्नेमा पूर्वराजाले जोड दिनुभएको छ ।सन्देशमा थप भनिएको छ, ‘हामीले कर्तव्य पूरा गर्यौं भने हामी उठ्छौं । निषेध र प्रतिशोधको चक्रब्यूबाट बाहिर आउनैपर्छ । मेची महाकाली– देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाती न भाषा– सबै नेपालीको एउटै आशा ।’