Connect with us
Kapilvast Forest

भीडभाड नगरी नयाँ वर्ष मनाउन कांग्रेस सभापति देउवाको आग्रह

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

sher_bahadur_deuwa.jpg

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेकाले भीडभाड नगरी नयाँ वर्ष मनाउन आग्रह गनर्स भएको छ ।

नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भन्नु भएको छ “कोभिड–१९ को प्रभार र जोखिम बढ्दै गएको स्थितिलाई दृष्टिगत गरी अनिवार्य रुपमा मास्क, सेनिटाइजरको प्रयोग, भौतिक दूरी कायम गर्ने र भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेर लगायतका कार्यक्रम नगरी सुरक्षित रुपमा नयाँ वर्ष मनाउन सबैमा आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकार असफल र नागरिकप्रति सर्वथा उदासिन रहेको आरोप लगाउनु भएको छ । जनताले लकडाउनको पालना गर्दै अत्यन्त संयम र एकताका साथ कोरोनासँग लडेको उहाँको विश्लेषण छ ।

यस्तो छ शुभकामना सन्देश

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj